Loading...
bina gurung from pokhara
Bina Gurung in PoliticsPolitics

कास्की-३ मा ‘घण्टी’ अभियान तीव्र, बिना गुरुङ परिवर्तनको नारा लिएर स्थानीयको साथमा

Jan 31, 2026
Media Team
2 min read
Back to News

तस्बिर

कास्की – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनको तयारीलाई तीव्रता दिँदै कास्की क्षेत्र नं ३ मा चुनावी अभियान सशक्त बनाएको छ। यस क्षेत्रकी उम्मेदवार बिना गुरुङ पोखरा महानगरपालिकाका विभिन्न टोल तथा वडामा मतदाता भेटघाटमा सक्रिय छिन्।

चुनावी प्रचारप्रसारकै क्रममा उम्मेदवार गुरुङले पोखरा महानगरपालिका, वडा नं २४, कास्कीकोटस्थित गैराबारी क्षेत्रमा स्थानीय मतदाताहरूसँग भेटघाट तथा छलफल गर्नुभएको छ। भेटघाटमा उहाँले मतदाताहरूलाई आफ्नो चुनावी एजेन्डा र रास्वपाको सिद्धान्तबारे जानकारी गराउनुभयो।

परिवर्तनको नारालाई मुख्य एजेन्डा बनाउँदै गुरुङले स्थानीयहरूलाई यसपालि ‘घण्टी’ चुनाव चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “यसपालिको चुनावमा परिवर्तनको संकेत—घण्टी बजाऔँ।”

स्थानीय मतदाता, विशेषगरी महिला र ज्येष्ठ नागरिकहरूसँगको अन्तरक्रियापछि उहाँले स्थानीयबाट ठूलो साथ पाएको बताउनुभएको छ। गैराबारीका स्थानीय आमा बुवा तथा दिदी बहिनीहरूले आफूलाई परिवर्तनका लागि थप उर्जा र प्रेरणा प्रदान गरेको भन्दै उहाँले प्राप्त समर्थनप्रति आभार व्यक्त गर्नुभयो। उहाँका अनुसार, लामो समयदेखि राजनीतिक नेतृत्वले जनअपेक्षा पूरा गर्न नसकेको अवस्थामा अब नयाँ नेतृत्वले सदनमा पुगेर जनताका सरोकारहरू सशक्त रूपमा उठाउनुपर्ने आवश्यकता छ।

रास्वपाले नयाँ मतदाता र परिवर्तन चाहने मतदाताहरूलाई लक्षित गर्दै कास्की-३ मा आफ्नो आधार बलियो बनाउने प्रयास गरिरहेको छ। उम्मेदवार गुरुङले जनताको साथ पाएमा सदनमा पुगेर जनजीविकाका सवाल, सुशासन र विकासका मुद्दाहरूमा सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता जनाएकी छन्। स्थानीय नेता तथा कार्यकर्ताहरू पनि गुरुङको अभियानलाई सफल बनाउन घरदैलो कार्यक्रममा जुटिरहेका छन्।

#binagurung#Kaski3#politicsinnepal#RSP
Share this article

Stay Updated

Follow Bina Gurung on social media for the latest news and updates.

Candidate
🔔