Loading...
bina gurung showing respect with genz martyrs
Bina Gurung in PoliticsPolitics

रास्वपाकी उम्मेदवार बिना गुरुङद्वारा शहीदप्रति सम्मान, कास्कीमा भेटघाट तीव्र

Jan 31, 2026
Media Team
2 min read
Back to News

कास्की – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नं ३ की उम्मेदवार विना गुरुङले शहीद दिवसको अवसरमा लोकतन्त्र र स्वतन्त्रताका लागि जीवन अर्पण गर्ने महान् शहीदहरूप्रति श्रद्धा व्यक्त गर्दै जनताको साथमा आफ्नो चुनावी अभियानलाई तीव्रता दिएकी छन्।

उम्मेदवार गुरुङले शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई स्मरण गर्दै उनीहरूको त्यागले नै देशमा स्वतन्त्रता र लोकतन्त्र सम्भव भएको बताइन्। उनले भनिन्, “उनीहरूले बोल्न नपाइने समयमै सत्य बोल्ने साहस गरेर हामीलाई स्वतन्त्र सोच, अभिव्यक्ति र अधिकारको बाटो देखाए।” गुरुङले हाल देश नयाँ मोडतर्फ अघि बढिरहेको उल्लेख गर्दै, पछिल्लो परिवर्तनमा ‘जेन–जि (Gen Z) शहीदहरूको साहस र बलिदान’ को महत्त्वपूर्ण भूमिका रहेकोमा कृतज्ञता व्यक्त गरिन्।

उनका अनुसार शहीदहरूको सपना अनुसारको ‘न्याय, समानता र जिम्मेवार शासन भएको नेपाल बनाउनु’ नै उनीहरूप्रति साँचो श्रद्धाञ्जली हुनेछ।

यसैबीच, उम्मेदवार गुरुङले कास्की निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत पोखरा महानगरपालिकाका विभिन्न वडामा चुनावी भेटघाट कार्यक्रमलाई सक्रियताका साथ अगाडि बढाएकी छन्। हालै पोखरा महानगरपालिका वडा नं. ६ मा आयोजित ‘उम्मेदवार परिचय तथा सदस्य भेटघाट कार्यक्रम’ जनताको सक्रिय सहभागिताले सफलतापूर्वक सम्पन्न भएको रास्वपाले जनाएको छ। त्यसैगरी, वडा नं. ५ अन्तर्गत मदन स्मृति पार्क हुँदै मनकामना मन्दिरतर्फको घरदैलो र भेटघाट कार्यक्रममा समेत गुरुङको सक्रियता लोभलाग्दो देखिएको छ। उम्मेदवार गुरुङले जनताको साथ र समर्थनले आफ्नो अभियान सफल हुने विश्वास व्यक्त गर्दै शहीदहरूले देखाएको बाटो र स्वतन्त्रताको रक्षाका लागि प्रतिबद्ध रहने जनाएकी छन्।

तस्बिरहरू
तस्बिर

तस्बिर

तस्बिर

#binagurung#Kaski3#politicsinnepal#Raswapa
Share this article

Stay Updated

Follow Bina Gurung on social media for the latest news and updates.

Candidate
🔔