Loading...
bina gurung want to see nepal smiling
Bina Gurung in PoliticsPolitics

रास्वपाकी उम्मेदवार गुरुङ: “नेपाल हाँसेको हेर्न चाहन्छु”

Feb 1, 2026
Media Team
2 min read
Back to News

रास्वपाकी उम्मेदवार गुरुङ: “नेपाल हाँसेको हेर्न चाहन्छु”
राजनीति डर होइन, भरोसाको नाम बनोस्; युवा देशमै सपना देखून् र किसानको पसिनाले मूल्य पाओस्—उम्मेदवार गुरुङ।

कास्की – आगामी निर्वाचनलाई लक्षित गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की क्षेत्र नं ३ की उम्मेदवार बिना गुरुङले आफ्नो घरदैलो अभियानलाई तीव्र पारेकी छिन्। परिवर्तन र विकासको मुद्दा बोकेर मैदानमा उत्रिएकी गुरुङले पछिल्लो समय तमु समाज (जिरो कि.मी.) र मालेपाटन क्षेत्रमा मतदाता भेटघाट गरेकी हुन्।

उम्मेदवार गुरुङले तमु समाजमा अग्रजहरूबाट माया र अमूल्य आशीर्वाद बटुल्दै परिवर्तनका लागि ‘घण्टी’ मा मतदान गर्न हार्दिक अनुरोध गरेकी छिन्। अभियानकै क्रममा उनी मालेपाटनस्थित मनकामना मन्दिर, गतिशील आमा समूह र गोल चौताराका स्थानीयवासीसँग पुगेकी थिइन्।

उनले आफ्नो राजनीतिक लक्ष्य प्रस्तुत गर्दै देशमा परिवर्तन ल्याउने संकल्प दोहोराएकी छिन्। गुरुङले भनिन्, “म पनि नेपाल हाँसेको हेर्न चाहन्छु।” उनले नेपाल हाँस्नुको अर्थ केवल अनुहारमा मुस्कान नभएर न्याय, इमानदारी र अवसरले भरिएको जीवन भएको स्पष्ट पारिन्।

गुरुङका अनुसार, युवा देशमै सपना देख्ने र किसानको पसिनाले उचित मूल्य पाउने वातावरण निर्माण गर्नु उनको प्रमुख प्राथमिकता हुनेछ। उनले भनिन्, “आमाले छोराछोरी विदेश पठाउँदा होइन, यहीँ सफल भएको देखेर हाँसून्, राजनीति डर होइन, भरोसाको नाम बनोस्।”

देशमा वास्तविक परिवर्तनका लागि हरेक नागरिक जिम्मेवार हुनुपर्नेमा जोड दिँदै गुरुङले भनिन्, “यदि हामी सबैले ‘म पनि जिम्मेवार छु’ भनेर एक कदम अघि बढ्यौँ भने नेपाल हाँस्नेछ। हामीले हार नमान्दासम्म।” उनले नागरिकलाई परिवर्तनका लागि रास्वपालाई साथ दिन आग्रह गरिन्।

तस्बिरहरू
तस्बिर

तस्बिर

तस्बिर

तस्बिर

#binagurung#Kaski3#Raswapa
Share this article

Stay Updated

Follow Bina Gurung on social media for the latest news and updates.

Candidate
🔔