Loading...
कास्की-३ मा ‘घण्टीमय’ माहौल, रास्वपा उम्मेदवार विना गुरुङद्वारा सघन घरदैलो
Bina Gurung in PoliticsPolitics

कास्की-३ मा ‘घण्टीमय’ माहौल, रास्वपा उम्मेदवार विना गुरुङद्वारा सघन घरदैलो

Feb 2, 2026
Media Team
1 min read
Back to News

कास्की – आगामी निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार विना गुरुङले कास्की क्षेत्र नं ३ मा आफ्नो चुनावी अभियानलाई सघन बनाएकी छिन्। गुरुङले मतदाता भेटघाट, मन्दिर दर्शन र पार्टी संरचना विस्तारको कामलाई तीव्र पारेकी हुन्।

अभियानको क्रममा उम्मेदवार गुरुङले पोखरा महानगरपालिकाको वडा नं २५ अन्तर्गत पर्ने हेम्जा, जौसी चौर र नेत्रेश्वर मन्दिर आसपासका क्षेत्रमा स्थानीय बुबाआमाहरूसँग भेटेर आशीर्वाद लिएकी थिइन्। भेटघाटका क्रममा स्थानीयहरूले आफूहरूलाई ‘एकजुट भई स्वागत’ गरेको उनको सचिवालयले जनाएको छ। रास्वपाले चुनावी माहोल ‘देश, घर, गाउँ र टोल हुँदै हरेक जिल्ला र प्रदेश घण्टीमय बन्दै’ गएको दाबी गरेको छ।

पार्टी संगठन विस्तार तथा प्रचारप्रसारकै क्रममा गुरुङले पोखरा-२५, साझाचोकस्थित घण्टिघरको उदघाटन गरिन्। सो लगत्तै मिलनचोकका स्थानीयहरूसँग भेटघाट र संवाद कार्यक्रम सम्पन्न भयो।

सोमबार पोखरा म.न.पा.–१ अन्तर्गत पर्ने हरिचोक, टुँडिखेल, बगर, क्यासिङ पुल हुँदै ट्याक्सीचोकसम्म पुगेर स्थानीयहरूसँग भेटघाट र संवाद गरिएको थियो। घरदैलोपश्चात उत्साहित देखिएकी उम्मेदवार गुरुङले जनताको प्रतिक्रियाबारे भनिन्, “जनताको साथ, सुझाव र सहभागिताले हामीलाई थप जिम्मेवार र उत्साहित बनाएको छ।” उनले यसपटकको निर्वाचन परिवर्तनका लागि महत्त्वपूर्ण रहेको बताउँदै आफूले पाएको जनसमर्थनलाई काममा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरिन्। उम्मेदवार गुरुङले आफ्नो सम्पूर्ण अभियान ‘परिवर्तनका लागि’ केन्द्रित रहेको जनाएकी छन्।

तस्बिरहरू
तस्बिर

तस्बिर

तस्बिर

तस्बिर

#binagurung#Election#Kaski3#Raswapa
Share this article

Stay Updated

Follow Bina Gurung on social media for the latest news and updates.

Candidate
🔔