Loading...
kaski 3 map with bina gurung rsp candidate
Bina Gurung in PoliticsPolitics

सामाजिक सेवाको अनुभवलाई नीति निर्माणमा लैजाने रास्वपा उम्मेदवार बिना गुरुङको घोषणा

Feb 7, 2026
Media Team
2 min read
Back to News

सामाजिक सेवाको अनुभवलाई नीति निर्माणमा लैजाने रास्वपा उम्मेदवार बिना गुरुङको घोषणा
“मेरो राजनीति पदका लागि होइन, बरु वर्षौँदेखि गरेको सामाजिक सेवालाई नीति निर्माणको तहमा पुर्‍याएर आम नागरिकको जीवनमा वास्तविक परिवर्तन ल्याउनका लागि हो।”

कास्की – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की क्षेत्र नं. ३ की उम्मेदवार बिना गुरुङले परिवर्तनको संकल्प र सेवाको अनुभवलाई जोडेर नीति निर्माण तहमा पुग्ने अठोट व्यक्त गर्नुभएको छ।

हालै अन्नपूर्ण गाउँपालिकाको वडा नं. १० र ११ (घान्द्रुक–ताडापानी) मा आयोजित परिचय कार्यक्रममा बोल्दै उहाँले सामाजिक सेवाको अनुभवलाई अब आम नागरिकको जीवनमा वास्तविक परिवर्तन ल्याउने माध्यम बनाउने बताउनुभयो। उहाँले आफ्नो उम्मेदवारी पदका लागि नभई वर्षौँदेखि गरिरहेको निस्वार्थ सेवालाई नीति निर्माणको तहमा पुर्‍याउने लक्ष्य रहेको स्पष्ट पार्नुभयो।

उम्मेदवार गुरुङले २०७२ को भूकम्प तथा कोभिड–१९ महामारीजस्ता संकटकालमा भुइँतहका मानिसहरूको सेवामा सक्रिय रहेको अनुभव सुनाउनुभयो। “स्याङ्जा, सिन्धुपाल्चोक र गोरखाका विकट बस्तीसम्म स्वास्थ्य सामाग्री र राहत पुर्‍याउने काममा मैले नेतृत्व गरेकी छु,” उहाँले भन्नुभयो।

उहाँका प्रमुख एजेन्डाहरूमा शिक्षा र महिला सशक्तीकरण प्राथमिकतामा छन्। ‘सञ्जीवनी दिदी बहिनी केन्द्र नेपाल’ मार्फत छोरी-बुहारीहरूलाई छात्रवृत्ति प्रदान गर्ने र ‘सृजना कोसेलीघर’ मार्फत स्थानीय उत्पादनलाई प्रवर्धन गर्दै स्वरोजगार सिर्जना गर्ने आफ्नो अनुभवलाई बृहत् बनाउने उहाँको योजना छ।

उम्मेदवार गुरुङले समृद्ध र न्यायपूर्ण समाज निर्माणका लागि एकजुट हुन आह्वान गर्दै भन्नुभयो, “यस्तो देश बनोस् जहाँ शिक्षा, स्वास्थ्य र रोजगारीका लागि कसैले पनि हात फैलाउनु नपरोस्। परिवर्तन सम्भव छ, हाम्रै पालामा!”

तस्बिरहरू
kaski 3 map with bina gurung rsp candidate

#binagurung#Kaski3#Raswapa
Share this article

Stay Updated

Follow Bina Gurung on social media for the latest news and updates.

Candidate
🔔