Loading...
उम्मेदवार विना गुरुङको चुनावी अभियान: ‘सुन्दर गाउँलाई पर्यटकीय गन्तव्य बनाउने’ संकल्प
Bina Gurung in PoliticsPolitics

उम्मेदवार विना गुरुङको चुनावी अभियान: ‘सुन्दर गाउँलाई पर्यटकीय गन्तव्य बनाउने’ संकल्प

Feb 11, 2026
Media Team
1 min read
Back to News

कास्की – आगामी निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की क्षेत्र नं ३ की उम्मेदवार विना गुरुङले आफ्नो निर्वाचन क्षेत्रका विभिन्न स्थानमा घरदैलो तथा उम्मेदवार परिचय कार्यक्रमलाई तीव्रता दिनुभएको छ। पर्यटन विकास, सुशासन र सामाजिक परिवर्तनलाई मुख्य एजेन्डा बनाएर उहाँ चुनावी मैदानमा उत्रिनुभएको हो।

माछापुच्छ्रे गाउँपालिकाको ल्वाङ र विभिन्न वडाहरूमा पुग्नुभएकी गुरुङले नेपालको ग्रामीण पर्यटनको सम्भावनाबारे विशेष चर्चा गर्नुभयो। उहाँले भन्नुभयो, “यस्तो सुन्दर शान्त देशलाई विश्वले चिन्नैपर्छ—अब हरेक सुन्दर गाउँ पर्यटनको गन्तव्य बनोस्।” चुनावी अभियानका क्रममा ज्येष्ठ नागरिक, महिला र युवाहरूबाट प्राप्त सकारात्मक ऊर्जाले आफूलाई अझ धेरै राम्रो काम गर्न हौसला र साहस मिलेको उहाँको भनाइ छ।

ल्वाङमा आयोजित उम्मेदवार परिचय कार्यक्रममा जनताको चेतनास्तर देखेर आफू अचम्मित भएको बताउँदै गुरुङले भन्नुभयो, “जनता पहिले नै राष्ट्रिय स्वतन्त्र पार्टीबारे सजग र सचेत रहेछन्।” ज्येष्ठ नागरिकको आशिर्वाद र युवाहरूको जोशले अभियानलाई थप अर्थपूर्ण बनाएको उहाँले उल्लेख गर्नुभयो।

यसैबीच, रास्वपाका सभापति रवि लामिछाने भोलि माघ २८ गते कास्की आउने कार्यक्रम तय भएको छ। पोखराको तालचोक, हेम्जा र चिप्लेढुङ्गामा आयोजना हुने जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रममा सहभागी हुन उम्मेदवार गुरुङले सबैलाई निमन्त्रणा गर्नुभएको छ। उहाँले “हामी कराउनका लागि होइन, बनाउनका लागि हिँडेका हौँ” भन्दै नयाँ नेपालको खाका कोर्न र अवस्था बदल्न एकजुट हुन अपिल गर्नुभएको छ।

तस्बिरहरू
तस्बिर

#binagurung#Election#Kaski3#Raswapa#RSP
Share this article

Stay Updated

Follow Bina Gurung on social media for the latest news and updates.

Candidate
🔔