Loading...
कास्की क्षेत्र नं ३ मा बिना गुरुङको चुनावी अभियान: “अबको नेतृत्व युवाको हातमा”
Bina Gurung in PoliticsPolitics

कास्की क्षेत्र नं ३ मा बिना गुरुङको चुनावी अभियान: “अबको नेतृत्व युवाको हातमा”

Feb 11, 2026
Media Team
1 min read
Back to News

कास्की – आगामी निर्वाचनको माहोल तातिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की कास्की क्षेत्र नं ३ की उम्मेदवार बिना गुरुङले आफ्नो चुनावी अभियानलाई तीव्र पार्नुभएको छ। उहाँले माछापुच्छ्रे गाउँपालिकाका विभिन्न वडाहरूमा पुगेर जनताको गुनासो सुन्ने र आफ्नो एजेन्डा स्पष्ट पार्ने कार्यलाई अगाडि बढाउनुभएको हो।

अभियानकै क्रममा उहाँले माछापुच्छ्रे–०५, लाहाचोकमा पार्टीको सम्पर्क कार्यालयको उद्घाटन गर्नुभएको छ। सो अवसरमा स्थानीय जनताको उत्साहजनक सहभागितालाई सम्बोधन गर्दै गुरुङले भन्नुभयो, “अबको आवाज जनताको हो र अबको नेतृत्व युवाको हो। अब बज्नेछ घण्टी, जुन परिवर्तनको प्रतीक हुनेछ।” उहाँले माछापुच्छ्रेका सुन्दर गाउँहरू र हुम्दी डाडागाउँका स्थानीयसँग भेटघाट गर्दै जनतामा परिवर्तनको तीव्र चाहना रहेको र त्यो रास्वपामार्फत मात्र सम्भव भएको दाबी गर्नुभयो।

आफ्नो भ्रमणका क्रममा उम्मेदवार गुरुङले स्थानीय उद्यमशीलताको पनि अवलोकन गर्नुभएको छ। १९ जना महिला उद्यमीलाई संगठित गरेको ‘सृजना संसार’ को उदाहरण दिँदै उहाँले भन्नुभयो, “देशमै रोजगारी सिर्जना गर्ने अपार सम्भावना छन्। सही नीति, दृढ इच्छाशक्ति र सक्षम नेतृत्व भएमा हामीले हाम्रै माटोमा थुप्रै अवसरहरू सिर्जना गर्न सक्छौँ।”

युवाहरूमा रहेको हिम्मत र नयाँ सोचले नै समृद्ध भविष्य निर्माण गर्ने बताउँदै उहाँले यसपटकको निर्वाचनमा जनताले नयाँ र सक्षम नेतृत्वलाई रोज्ने विश्वास व्यक्त गर्नुभएको छ। क्षेत्र नं ३ का मतदाताहरूबाट प्राप्त सकारात्मक ऊर्जाले आफ्नो यात्रालाई थप मजबुत बनाएको उहाँको भनाइ छ।

तस्बिरहरू
तस्बिर

तस्बिर

तस्बिर

तस्बिर

#binagurung#Election 2082#Kaski3#politicsinnepal#Raswapa
Share this article

Stay Updated

Follow Bina Gurung on social media for the latest news and updates.

Candidate
🔔