Loading...
कास्की ३ मा रास्वपा उम्मेदवार बिना गुरुङको चुनावी अभियान: “परिवर्तन नारा होइन, प्रतिवद्धता हो”
Bina Gurung in PoliticsPolitics

कास्की ३ मा रास्वपा उम्मेदवार बिना गुरुङको चुनावी अभियान: “परिवर्तन नारा होइन, प्रतिवद्धता हो”

Feb 12, 2026
Media Team
1 min read
Back to News

कास्की – आगामी निर्वाचनको सरगर्मी बढेसँगै कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार बिना गुरुङले आफ्नो चुनावी अभियानलाई तीव्र पार्नुभएको छ। उम्मेदवार गुरुङले हालै माछापुच्छ्रे गाउँपालिका–०८, घलेल गाउँमा स्थानीय आमाबुबा तथा युवाहरूसँग प्रत्यक्ष भेटघाट गरी परिवर्तनका लागि साथ दिन अपिल गर्नुभएको छ।

भेटघाटका क्रममा स्थानीयले देखाएको उत्साह र परिवर्तनप्रतिको विश्वासलाई आफूले उच्च सम्मानका साथ आत्मसात् गर्ने उम्मेदवार गुरुङले बताउनुभयो। पार्टी सभापति रवि लामिछानेको मार्गदर्शन र हौसलाप्रति आभार प्रकट गर्दै उहाँले भन्नुभयो, “देश परिवर्तन मेरो लागि केवल नारा होइन, यो मेरो अडिग प्रतिवद्धता हो।” उहाँले कास्की–३ का मतदाताहरूसँग वाचा गर्दै थप्नुभयो, “जनताको आवाजलाई संसदसम्म पुर्‍याएर न्याय, सुशासन र सम्भावनाको नेपाल निर्माणका लागि म अन्तिम साससम्म लडिरहनेछु।”

अभियानका क्रममा गुरुङले अबको पालो युवा र विकासको भएको उल्लेख गर्दै पूर्वदेखि पश्चिमसम्म रास्वपाको पक्षमा जनलहर सिर्जना भएको दाबी गर्नुभयो। “देशका सबै ठाउँमा परिवर्तनको घण्टी बज्नै पर्छ र त्यसको सुरुवात कास्कीबाटै हुनेछ,” उहाँको भनाइ थियो। घलेलका स्थानीय युवाहरूले विकास र सुशासनका लागि रास्वपाको उपस्थिति अपरिहार्य रहेको भन्दै उम्मेदवार गुरुङलाई स्वागत गरेका थिए। विकास र समृद्धिको एजेन्डासहित घरदैलोमा व्यस्त गुरुङले आफू निर्वाचित भएमा क्षेत्रको समग्र विकासमा खटिने योजना सुनाउनुभयो।

तस्बिरहरू
तस्बिर

तस्बिर

तस्बिर

तस्बिर

#binagurung#Election#Kaski3#politicsinnepal#Raswapa
Share this article

Stay Updated

Follow Bina Gurung on social media for the latest news and updates.

Candidate
🔔