Loading...
“परिवर्तन अब शब्दमा होइन, व्यवहारमा देखिनेछ”
Bina Gurung in PoliticsPolitics

“परिवर्तन अब शब्दमा होइन, व्यवहारमा देखिनेछ”

Feb 15, 2026
Media Team
1 min read
Back to News

कास्की – आगामी निर्वाचनको तयारीका सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की क्षेत्र नम्बर ३ की उम्मेदवार बिना गुरुङले आफ्नो चुनावी अभियान तथा घरदैलो कार्यक्रमलाई तीव्रता दिनुभएको छ। “तपाईंहरूको साथ हाम्रो शक्ति हो र तपाईंहरूको विश्वास हाम्रो जिम्मेवारी हो” भन्दै उहाँले अन्नपूर्ण गाउँपालिकाका विभिन्न वडाहरूमा पुगेर मतदाताहरूसँग भेटघाट र छलफल गर्नुभएको हो।

अन्नपूर्ण-१ को फल्लापानी र निवारे, वडा नम्बर ३ को धारापानी र शिवालय मन्दिर तथा वडा नम्बर ४ को देउराली, काफलवोट, झारकोट, लामाचौर र बाँसखर्क लगायतका स्थानमा आयोजित भेटघाट कार्यक्रममा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो। अभियानका क्रममा उम्मेदवार गुरुङले यो एकता केवल जमघट मात्र नभई आशाको धड्कन र ज्येष्ठ नागरिकहरूको आशीर्वाद भएको बताउनुभयो। मतदाताको उत्साहजनक प्रतिक्रिया पाएपछि उहाँले भन्नुभयो, “हामी सबै मिलेर यस पुस्ताले लामो समयदेखि खोजिरहेको परिवर्तन अवश्य ल्याउनेछौं। यो परिवर्तन शब्दमा मात्र होइन, व्यवहार र कार्यमा पनि देखिनेछ।”

महाशिवरात्रीको पावन अवसरमा शुभकामना दिँदै उहाँले समाजमा व्याप्त नकारात्मकताको विषलाई भगवान शिवले जस्तै पचाएर ज्ञानको ज्योति फैलाउनुपर्नेमा जोड दिनुभयो। घरदैलोमा प्राप्त जनलहरले परिवर्तनको चाहना निकै गहिरो रहेको र रास्वपाले नयाँ राजनीतिक संस्कारको सुरुवात गर्ने उम्मेदवार गुरुङको दाबी छ। उहाँले युवाहरूको सपना र परिवर्तन चाहने हरेक परिवारको विश्वासलाई मर्न नदिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

तस्बिरहरू
तस्बिर

#binagurung#Election#Kaski3#politicsinnepal#Raswapa
Share this article

Stay Updated

Follow Bina Gurung on social media for the latest news and updates.

Candidate
🔔