Loading...
बिना गुरुङ भनछिन: “अब वाद होइन, काम र दूरदृष्टि चाहिन्छ”
Bina Gurung in PoliticsPolitics

बिना गुरुङ भनछिन: “अब वाद होइन, काम र दूरदृष्टि चाहिन्छ”

Feb 19, 2026
Media Team
1 min read
Back to News

कास्की – आगामी निर्वाचनको सरगर्मी बढेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की क्षेत्र नं ३ की उम्मेदवार बिना गुरुङले आफ्नो चुनावी अभियान र घरदैलो कार्यक्रमलाई तीव्र पार्नुभएको छ। यसै क्रममा उहाँले पोखरा महानगरपालिका–२४ का विभिन्न क्षेत्रमा पुगेर स्थानीय बासिन्दाहरूसँग भेटघाट तथा आत्मीय संवाद गर्नुभएको छ।

प्रचारप्रसारका क्रममा मतदाताहरूसँग कुरा गर्दै गुरुङले अबको राजनीति परम्परागत विचारधारा भन्दा पनि काम र नतिजामुखी हुनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “बाद चाहिँदैन हामीलाई, बादले हैन काम गर्ने ऊर्जा शक्ति र दूरदर्शी नेताले हो।” पोखरालाई केवल पर्यटकीय गन्तव्यको रूपमा मात्र नभई आर्थिक सम्भावनाको ठूलो केन्द्र बनाउनुपर्ने उहाँको तर्क छ। “पर्यटन विकासमार्फत रोजगारी, समृद्धि र पहिचान बनाउने हाम्रो दृढ योजना छ,” उहाँले थप्नुभयो।

आफ्नो उम्मेदवारी पद प्राप्तिका लागि मात्र नभएको स्पष्ट पार्दै गुरुङले देश निर्माणको संकल्प दोहोर्‍याउनुभयो। उहाँले भन्नुभयो, “मलाई न त पदको लोभ छ, न कुनै स्वार्थ। मलाई चाहिएको एउटै कुरा हो : यो देश अब जसरी पनि बनाउनै पर्छ।” घरदैलोका क्रममा स्थानीय दाजुभाइ तथा दिदीबहिनीहरूबाट प्राप्त माया र परिवर्तनप्रतिको दृढ चाहनाले आफूलाई अझ जिम्मेवार र उत्साहित बनाएको उहाँको भनाइ छ। पुराना राजनीतिक पद्धतिभन्दा माथि उठेर नयाँ भिजनका साथ अघि बढ्न रास्वपाको पक्षमा माहोल सिर्जना भइरहेको दाबी समेत उहाँले गर्नुभयो।

तस्बिरहरू
तस्बिर

#binagurung#Election#Kaski3#Raswapa#RSP
Share this article

Stay Updated

Follow Bina Gurung on social media for the latest news and updates.

Candidate
🔔