Loading...
कास्की ३ मा रास्वपा उम्मेदवार बिना गुरुङको चुनावी घरदैलो तीव्र, कालिमाटीमा ‘घण्टीघर’ उद्घाटन
Bina Gurung in PoliticsPolitics

कास्की ३ मा रास्वपा उम्मेदवार बिना गुरुङको चुनावी घरदैलो तीव्र, कालिमाटीमा ‘घण्टीघर’ उद्घाटन

Feb 20, 2026
Media Team
1 min read
Back to News

कास्की – आगामी निर्वाचनको मिति नजिकिएसँगै कास्की क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार बिना गुरुङले आफ्नो चुनावी अभियानलाई तीव्रता दिनुभएको छ। यसै क्रममा उहाँले पोखरा–२२ अन्तर्गतका विभिन्न गाउँहरूमा पुगेर स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद र भेटघाट गर्नुभएको छ।

चुनावी प्रचारप्रसारको सिलसिलामा उम्मेदवार गुरुङले पोखरा–२२ का फुर्से खोला, खाल्से, साइस्वारा, सिमलटारी, बडारे, खत्री गाउँ, दोबाटो र चिसापानी लगायतका स्थानमा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ। सो क्रममा स्थानीयले देखाएको उत्साह र समर्थनप्रति आभार प्रकट गर्दै उहाँले भन्नुभयो, “जनताले देखाउनु भएको यो अविचल माया र विश्वासले परिवर्तनको अभियानलाई थप ऊर्जा प्रदान गरेको छ।”

अभियानकै क्रममा गुरुङले पोखरा–२२ को कालिमाटीमा ‘घण्टीघर’ को समेत उद्घाटन गर्नुभएको छ। सो अवसरमा उहाँले स्थानीयसँग आत्मीय संवाद गर्दै प्रजातन्त्रको महत्त्वबारे चर्चा गर्नुभयो। प्रजातन्त्र दिवसको सन्दर्भ जोड्दै उहाँले भन्नुभयो, “अधिकारसँगै कर्तव्य बोक्ने, अन्यायको विरुद्ध बोल्ने र देशको भविष्य आफैं बनाउने संकल्प अब हामीले गर्नुपर्छ।”

निर्वाचनका लागि अब मात्र १४ दिन बाँकी रहेको स्मरण गराउँदै उहाँले यो समय परिवर्तनको आवाज बुलन्द बनाउने महत्त्वपूर्ण अवसर भएको बताउनुभयो। सचेत नागरिक र सबल प्रजातन्त्रमार्फत समृद्ध नेपालको यात्रा तय गर्न घण्टी चिह्नमा मतदान गर्न उहाँले सम्पूर्ण मतदाताहरूलाई अपिल गर्नुभएको छ। उम्मेदवार गुरुङले अबको निर्णय जनताको हातमा रहेको भन्दै परिवर्तनका लागि मतदान गर्न आग्रह गर्नुभयो।

तस्बिरहरू
तस्बिर

तस्बिर

तस्बिर

तस्बिर

#binagurung#Election#Kaski3#Raswapa#RSP
Share this article

Stay Updated

Follow Bina Gurung on social media for the latest news and updates.

Candidate
🔔