Loading...
गुरुङ भनछिन: “सोच बदलौं, भोट बदलौं”
Bina Gurung in PoliticsPolitics

गुरुङ भनछिन: “सोच बदलौं, भोट बदलौं”

Feb 20, 2026
Media Team
2 min read
Back to News

कास्की – आगामी फागुन २१ गते हुने निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की क्षेत्र नं ३ की उम्मेदवार बिना गुरुङले आफ्नो चुनावी अभियानलाई तीव्र पार्नुभएको छ। यसै क्रममा उहाँले पोखरा–२२ स्थित पुइमे खेमा धिं तमु समाज, उल्लेरीमा पुगेर स्थानीय बासिन्दासँग भेटघाट तथा छलफल गर्नुभएको छ।

उल्लेरीका गाउँबासीहरूबाट प्राप्त आत्मीय स्वागत र सकारात्मक सन्देशले आफूलाई थप ऊर्जा र प्रेरणा दिएको उम्मेदवार गुरुङले बताउनुभयो। वर्तमान सामाजिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उहाँले भन्नुभयो, “अहिले घरको शान्ति टुटेको छ, आँसु र रोदनले घरहरू भरिएका छन्। बुवा–आमा र छोरा–छोरी सबै विदेशिन बाध्य छन्, तर रास्वपा परिवर्तनको आवाज बनेर उभिएको छ।” उहाँले नागरिकहरूलाई अबको निर्वाचनमा विवेकपूर्ण निर्णय लिन आग्रह गर्दै “सोच बदलौं, भोट बदलौं” भन्ने नाराका साथ अगाडि बढ्न अपिल गर्नुभयो।

देशमा सुशासन र समृद्धिको यात्रा सुरु गर्न रास्वपालाई एक पटक अवसर दिनुपर्ने उहाँको तर्क छ। गुरुङले भन्नुभयो, “५ वर्ष रास्वपालाई शासन गर्न दिनुहोस्, परिवर्तन र समृद्धिको यात्रा यहीँबाट सुरु हुन्छ।” साथै, उहाँले आसन्न निर्वाचनका लागि युवा शक्तिको परिचालनमा जोड दिँदै ‘Gen-Z’ र ऊर्जावान युवाहरूलाई स्वयंसेवकका रूपमा सहभागी हुन आह्वान गर्नुभएको छ। आफ्नो क्षेत्रको विकास र लोकतन्त्रको सुदृढीकरणका लागि युवाहरूले सक्रिय भूमिका निभाउनुपर्ने उहाँको धारणा छ। स्थानीय तहमा सुशासन र परिवर्तनका लागि घण्टी चुनाव चिन्हमा मतदान गरी रास्वपालाई साथ दिन उहाँले सम्पूर्ण मतदाताहरूमा अनुरोध गर्नुभएको छ।

तस्बिरहरू
तस्बिर

तस्बिर

तस्बिर

तस्बिर

#binagurung#Election#Falgun 21#Kaski3#Raswapa
Share this article

Stay Updated

Follow Bina Gurung on social media for the latest news and updates.

Candidate
🔔