Loading...
कास्की क्षेत्र नं ३ मा रास्वपा उम्मेदवार बिना गुरुङको सक्रियता: “परिवर्तनका लागि अब ६ दिन बाँकी”
Bina Gurung in PoliticsPolitics

कास्की क्षेत्र नं ३ मा रास्वपा उम्मेदवार बिना गुरुङको सक्रियता: “परिवर्तनका लागि अब ६ दिन बाँकी”

Feb 28, 2026
Media Team
2 min read
Back to News

कास्की – आगामी निर्वाचनको मिति नजिकिएसँगै कास्की क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट प्रत्यक्ष तर्फकी प्रतिनिधि सभा सदस्य उम्मेदवार बिना गुरुङले आफ्नो चुनावी प्रचारप्रसार र घरदैलो अभियानलाई तीव्र बनाउनुभएको छ। लामो समयदेखि व्यवसाय र समाजसेवामा सक्रिय गुरुङ यतिबेला “परिवर्तन नजिकिँदै छ, आवाज उठाउने समय यही हो” भन्दै मतदाताहरूको विश्वास जित्न व्यस्त हुनुहुन्छ।

सञ्जीवनी दिदीबहिनी केन्द्रको संस्थापक अध्यक्षको रूपमा नेतृत्वदायी भूमिका निर्वाह गरिसक्नुभएकी गुरुङले आफ्नो राजनीतिक यात्रालाई सामाजिक सेवाकै निरन्तरताको रूपमा व्याख्या गर्नुभएको छ। उहाँले महिला सशक्तीकरण, बालबालिकाको अधिकार सुनिश्चितता, कास्की ३ मा दिगो पर्यटन विकास र कृषिको आधुनिकीकरणलाई मुख्य चुनावी एजेन्डा बनाउनुभएको छ। प्रचारका क्रममा उहाँले भन्नुभयो, “देश परिवर्तनका लागि तपाईंको सोच र मत दुवै बदल्नुहोस्।”

हालै उहाँले पोखरा–०१ अन्तर्गतका बगर, ट्याक्सी चोक, नदिपुर, विन्धवासिनी, मिरुवा, हरिचोक र कसेरीका स्थानीयवासीसँग भेटघाट गर्नुभएको छ। त्यस्तै, हेम्जाको सुनौलो टोल विकास संस्था र लम्पाटावासीले उहाँलाई न्यानो स्वागत गरेका छन्। स्थानीयको उत्साहले आफूलाई थप प्रेरणा मिलेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “हामी सबै एउटै लक्ष्य र सपनाका साथ अघि बढिरहेका छौं।”

निर्वाचन आउन अब ६ दिन मात्र बाँकी रहँदा गुरुङले नीति निर्माणमा सक्रियता र रोजगारी सृजनाका लागि ‘घण्टी’ चिह्नमा मतदान गर्न सबैलाई अपिल गर्नुभएको छ। स्थानीयवासीले देखाएको सकारात्मक ऊर्जाले आफूलाई अझ दृढ भएर अगाडि बढ्न हौसला प्रदान गरेको उहाँको भनाइ छ।

तस्बिरहरू
तस्बिर

#binagurung#Election 2082#Kaski3#politicsinnepal#RSP
Share this article

Stay Updated

Follow Bina Gurung on social media for the latest news and updates.

Candidate
🔔