Loading...
उम्मेद्वार बिना गुरुङ र रीमा विस्वकर्माबीच भेटबार्ता
Bina Gurung in PoliticsPolitics

उम्मेद्वार बिना गुरुङ र रीमा विस्वकर्माबीच भेटबार्ता

Jan 28, 2026
Media Team
1 min read
Back to News

रीमा – घरमा भान्सामा मात्र हैन अब हामी सदनमा पुग्नुपर्छ

कास्की – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक उम्मेदवार रीमा विश्वकर्मा चुनावी प्रचारप्रसारका लागि आज कास्कीमा हुनुहुन्थ्यो। प्रचारप्रसारकै क्रममा उहाँले रास्वपाको पार्टी कार्यालयमा उम्मेदवारहरू र पार्टी कार्यकर्ताहरूसँग भेटघाट तथा छलफल गर्नुभयो।

रीमाले कार्यालयमा कास्की ०३ की उम्मेदवार बिना गुरुङसँग पनि चुनावी छलफल गर्नुभयो। छलफलपछि मिडियासँगको कुराकानीमा उहाँले भन्नुभयो, “घरायसी जिम्मेवारीबाट निस्कन महिलालाई यसै पनि गाह्रो हुन्छ। घरमा भान्सामा मात्र हैन, अब हामी सदनमा पुग्नुपर्छ भनेर अगाडि बढ्नुभएको छ। यहाँहरूले भारी मतका साथ बिना जीलाई विजय गराउनु भनेको हाम्रो परिवार र देशले जित्नु हो।”

गुरुङले पनि रीमासँग लिइएका तस्बिरहरू सामाजिक सञ्जालमा साझा गर्दै लेख्नुभयो, “रीमा विश्वकर्मा ज्यू हामीलाई समर्थन गर्न कास्की ३ आइपुग्नुभएको छ। उहाँको यो साथ र भरोसाले हामीलाई अझ जिम्मेवार बनाएको छ। परिवर्तन एक्लैले सम्भव हुँदैन। यो तपाईं हामी सबैको साझा यात्रा हो। राष्ट्रिय स्वतन्त्र पार्टीसँगै कास्की ३ मा इमानदार, पारदर्शी र उत्तरदायी नयाँ राजनीतितर्फ हामी एक कदम अघि बढिरहेका छौं।”

तस्विरहरु 
    
#Balen#binagurung#Election 2082#Kaski3#politicsinnepal#Rabi#Reema biswokarma#reemabiswakarma
Share this article

Stay Updated

Follow Bina Gurung on social media for the latest news and updates.

Candidate
🔔