Loading...
कास्की क्षेत्र नं ३ मा रास्वपा उम्मेदवार विना गुरुङको घरदैलो तीव्र
Bina Gurung in PoliticsPolitics

कास्की क्षेत्र नं ३ मा रास्वपा उम्मेदवार विना गुरुङको घरदैलो तीव्र

Mar 1, 2026
Media Team
1 min read
Back to News

कास्की – आगामी निर्वाचनको सरगर्मी बढेसँगै कास्की क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार विना गुरुङले आफ्नो चुनावी अभियान र मतदाता भेटघाट कार्यक्रमलाई निकै तीव्रता दिनुभएको छ। उम्मेदवार गुरुङ यतिबेला आफ्नो क्षेत्रका विभिन्न गाउँ तथा टोलहरूमा पुगेर स्थानीयका समस्या सुन्न र पार्टीका एजेन्डा बुझाउन व्यस्त हुनुहुन्छ।

यसै क्रममा उहाँले पोखरा महानगरपालिका–२३ अन्तर्गत पर्ने लौरुक, हर्पन र दमदमे लगायतका क्षेत्रमा पुगेर स्थानीय बासिन्दाहरूसँग प्रत्यक्ष भेटघाट तथा आत्मीय संवाद गर्नुभएको छ। घरदैलोका क्रममा मतदाताहरूले देखाएको उत्साह र सद्भावले आफूलाई थप ऊर्जा प्रदान गरेको उहाँले बताउनुभयो।

जनताको प्रतिक्रियाबाट उत्साहित गुरुङले भन्नुभयो, “आज पोखरा महानगरपालिका–२३ अन्तर्गतका विभिन्न क्षेत्रमा स्थानीय दाजुभाइ तथा दिदीबहिनीहरूसँग भेटघाट र आत्मीय संवाद गर्ने अवसर प्राप्त भयो। यहाँहरूको माया, विश्वास र परिवर्तनप्रतिको दृढ चाहनाले हामीलाई अझ जिम्मेवार र उत्साहित बनाएको छ।”

विगतका राजनीतिक दलहरूले जनताका अपेक्षा पूरा गर्न नसकेको अवस्थामा यसपटक रास्वपा र ‘घण्टी’ चुनाव चिह्नप्रति सर्वसाधारणको आकर्षण बढेको उहाँको दाबी छ। चुनावी प्रचारका क्रममा उहाँले आफ्नो क्षेत्रको विकास, सुशासन र नागरिकका आधारभूत आवश्यकता पूरा गर्न आफू प्रतिबद्ध रहेको बताउनुभएको छ। गुरुङको यो सक्रियताले कास्की ३ मा चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाएको छ। स्थानीयहरूले पनि यसपटक नयाँ अनुहार र नयाँ पार्टीलाई अवसर दिने सङ्केत गरेका छन्।

तस्बिरहरू
तस्बिर

तस्बिर

तस्बिर

तस्बिर

#binagurung#Election#Kaski3#Raswapa#RSP
Share this article

Stay Updated

Follow Bina Gurung on social media for the latest news and updates.

Candidate
🔔