Loading...
कास्की–३ मा विना गुरुङको चुनावी सरगर्मी: भ्रष्टाचार विरुद्ध एकजुट हुन मतदातालाई अपिल
Bina Gurung in PoliticsPolitics

कास्की–३ मा विना गुरुङको चुनावी सरगर्मी: भ्रष्टाचार विरुद्ध एकजुट हुन मतदातालाई अपिल

Mar 2, 2026
Media Team
1 min read
Back to News

कास्की – आगामी प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै गर्दा कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार विना गुरुङले आफ्नो चुनावी अभियानलाई निकै तीव्रता दिनुभएको छ। निर्वाचन आउन अब केही दिन मात्र बाँकी रहँदा गुरुङले आफ्नो क्षेत्रका विभिन्न गाउँबस्तीहरूमा पुगेर मतदाताहरूसँग प्रत्यक्ष भेटघाट र घरदैलो कार्यक्रमलाई सशक्त बनाउनुभएको हो।

चुनावी प्रचारप्रसारका क्रममा उम्मेदवार गुरुङले माछापुच्छ्रे गाउँपालिका–६ को अस्ताम र अन्नपूर्ण गाउँपालिकाको लुम्ले लगायतका स्थानहरूमा स्थानीय मतदाताहरूसँग छलफल गर्नुभएको छ। सो अवसरमा स्थानीयहरूले देखाएको माया र समर्थनले आफूलाई अघि बढ्न थप हौसला मिलेको उहाँले बताउनुभयो। देशको विद्यमान राजनीतिक अवस्था र बेथितिप्रति लक्षित गर्दै उहाँले भन्नुभयो, “भ्रष्टाचारले देश खोक्रो बनायो र घुसले समग्र सिस्टम नै बिगार्यो, त्यसैले अब हामी मौन बस्ने होइन, इमानदारीको पक्षमा उभिनुपर्छ।”

परिवर्तनको पक्षमा जनलहर सिर्जना गर्ने उद्देश्यका साथ गुरुङले “परिवर्तनको लागि घण्टीमा भोट हालौँ” भन्ने मूल नाराका साथ मतदाताको दैलोमा पुगिरहनुभएको छ। उहाँले देशमा सुशासन कायम गर्न र पुराना राजनीतिक दलहरूको विकल्पमा नयाँ र इमानदार नेतृत्व चयन गर्न आग्रह गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भ्रष्टाचार विरोधी एजेन्डालाई आत्मसाथ गर्दै कास्की–३ को मुहार फेर्न आफू प्रतिबद्ध रहेको उहाँको भनाइ छ। अन्तिम समयसम्मको यो सक्रियताले कास्कीमा रास्वपाको प्रभाव बलियो बन्दै गएको देखिन्छ।

तस्बिरहरू
तस्बिर

#binagurung#Election#Kaski3#politicsinnepal#Raswapa
Share this article

Stay Updated

Follow Bina Gurung on social media for the latest news and updates.

Candidate
🔔