Loading...
कास्की ३ मा रास्वपा उम्मेदवार बिना गुरुङको चुनावी अभियान तीव्र: भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको प्रतिबद्धता
Bina Gurung in PoliticsPolitics

कास्की ३ मा रास्वपा उम्मेदवार बिना गुरुङको चुनावी अभियान तीव्र: भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको प्रतिबद्धता

Mar 2, 2026
Media Team
2 min read
Back to News

कास्की – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि कास्की क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार बिना गुरुङले आफ्नो चुनावी प्रचारप्रसार र घरदैलो अभियानलाई तीव्र पार्नुभएको छ। “अब पालो परिवर्तनको आएको छ” भन्दै उहाँले सुशासन र समृद्धिका लागि आफ्नो उम्मेदवारी रहेको प्रष्ट पार्नुभएको छ।

निर्वाचन नजिकिँदै गर्दा उम्मेदवार गुरुङले भ्रष्टाचारविरुद्ध कडा रूपमा प्रस्तुत हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले भन्नुभयो, “भ्रष्टाचारविरुद्ध मेरा कदम सधैँ अडिग रहनेछन्, त्यसैले देश बनाउने अभियानमा एकसाथ अगाडि बढ्न म सबैमा आग्रह गर्दछु।” उहाँले मुलुकको मुख्य समस्याको रूपमा रहेको युवा पलायनलाई रोक्न स्वदेशमै रोजगारीका अवसरहरू सिर्जना गर्ने आफ्नो मुख्य एजेन्डा रहेको बताउनुभयो।

आफ्नो चुनावी एजेन्डाहरूका बारेमा चर्चा गर्दै उहाँले थप्नुभयो, “देशमा युवाहरू पलायन हुनबाट रोक्न, देशमै रोजगारी सिर्जना गर्न, आमा–बाबाहरूलाई अब देशमै आनन्दसँग बाँच्न र बालबालिकाहरूको उज्ज्वल भविष्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टीलाई भारी बहुमतले जिताउनु आवश्यक छ।”

यसैबीच, फागु पूर्णिमाको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले समाजमा माया, मित्रता र सद्भावको रंग अझै गाढा हुनुपर्नेमा जोड दिनुभएको छ। रंगहरूको पर्वले सबैको जीवनमा खुसी र आशाको नयाँ संचार गरोस् भन्ने कामना गर्दै उहाँले “घण्टी” चिन्हमा मतदान गरी आफूलाई विजयी गराउन कास्की क्षेत्र नम्बर ३ का मतदाताहरूसँग अपिल गर्नुभएको छ। रास्वपाको बढ्दो प्रभावसँगै गुरुङको चुनावी अभियानले यतिबेला कास्कीमा निकै चर्चा पाएको छ।

तस्बिरहरू
तस्बिर

#binagurung#Election#Kaski3#Raswapa#RSP
Share this article

Stay Updated

Follow Bina Gurung on social media for the latest news and updates.

Candidate
🔔