Loading...
रास्वपा उम्मेदवार विना गुरुङलाई रीमा विश्वकर्माको साथ; अन्नपूर्णमा कार्यालय उद्घाटन
Bina Gurung in PoliticsPolitics

रास्वपा उम्मेदवार विना गुरुङलाई रीमा विश्वकर्माको साथ; अन्नपूर्णमा कार्यालय उद्घाटन

Jan 31, 2026
Media Team
1 min read
Back to News

तस्बिर

कास्की – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कास्की क्षेत्र नं ३ मा आफ्नो चुनावी अभियानलाई गति दिएको छ। प्रतिनिधिसभा सदस्यकी उम्मेदवार विना गुरुङले अन्नपूर्ण गाउँपालिकामा पार्टी कार्यालय उद्घाटन गर्दै चुनावी गतिविधि अगाडि बढाउनुभएको छ।

कार्यालय उद्घाटन तथा भेलालाई सम्बोधन गर्न रास्वपाकी समानुपातिक उम्मेदवार रीमा विश्वकर्मा पनि कास्की आइपुग्नुभएको थियो। उहाँको उपस्थितिले आफूलाई अझ जिम्मेवार बनाएको उम्मेदवार गुरुङले बताउनुभयो। गुरुङले परिवर्तन एक्लैले सम्भव नहुने भन्दै यो अभियान “तपाईं–हामी सबैको साझा यात्रा” भएको उल्लेख गर्नुभएको छ।

कार्यक्रममा नयाँ सदस्यहरूलाई पार्टीमा स्वागत गर्दै सर्वसाधारणसँग प्रत्यक्ष अन्तरक्रियासमेत गरिएको थियो। उम्मेदवार गुरुङले कास्की र समग्र देशको समृद्ध भविष्यका लागि परिवर्तनको संकल्पसहित जनताको बीचमा उभिएको बताउनुभयो। उहाँले आफ्नो उम्मेदवारीको उद्देश्यबारे स्पष्ट पार्दै भन्नुभयो, “यो यात्रा महिलाको आवाज, युवाको सपना, नेपाल आमाको चाहना र परिवारको भविष्यको लागि हो।”

गुरुङले आफू निर्वाचित भएमा “शिक्षा, स्वास्थ्य र रोजगारीको लागि कसैले हात फैलाउनु नपरोस्” भन्ने सुनिश्चित गर्ने प्रतिबद्धता जनाउनुभयो। जनस्तरसँगको सम्बन्ध मजबुत बनाउने र पार्टी संगठन सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले जनसमस्याहरूलाई सदनमार्फत समाधान गर्ने अठोटसमेत राख्नुभएको छ।

रास्वपा उम्मेदवार गुरुङले जेन–जी (युवा पुस्ता) को सक्रिय सहभागितालाई परिवर्तनको महत्त्वपूर्ण संकेतका रूपमा स्वागत गर्दै सबै मतदातासँग अमूल्य भोट, समर्थन र आशीर्वादको अपेक्षा राख्नुभएको छ।

#binagurung#Election#Raswapa#Reema biswokarma
Share this article

Stay Updated

Follow Bina Gurung on social media for the latest news and updates.

Candidate
🔔