Loading...
Bina gurung with genz
Bina Gurung in PoliticsPolitics

रास्वापा र “जेन – जी” दुवैले परिवर्तन चाहेको

Jan 27, 2026
Media Team
1 min read
Back to News

गुरुङ भन्छिन् – स्थानीय तहमा समावेशी नेतृत्व, जनस्तरसँगको सम्बन्ध र पार्टी संगठन सुधार गर्नेछौँ।

रास्वापा र “जेन - जी” दुवैले परिवर्तन चाहेको - बिना गुरुङकास्की – कास्की निर्वाचन क्षेत्र–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की एकमात्र महिला उम्मेदवार बिना गुरुङले आज अन्नपूर्ण गाउँपालिकाको भ्रमण गर्नुभयो । आजको उहाँको भ्रमणको उद्देश्य पार्टी कार्यालयको उद्घाटन र सर्वसाधारणहरूसँगको अन्तरक्रिया रहेको थियो।

पार्टी कार्यालय उद्घाटन गर्दै उहाँले नयाँ सदस्यहरूको पार्टीमा प्रवेश तथा स्वागत कार्यक्रमलाई पनि सम्पन्न गर्नुभयो । कार्यक्रममा आगामी निर्वाचन र पार्टी सुधारलाई ध्यानमा राख्दै गुरुङले आफ्नो रणनीति स्पष्ट पार्नुभयो | ‘‘स्थानीय तहमा समावेशी नेतृत्व, जनस्तरसँगको सम्बन्ध र पार्टी संगठन सुधार गर्नेछौँ,’’ उहाँले भन्नुभयो , ‘‘यसबाट पार्टीको संगठनात्मक शक्ति र जनाधार बलियो हुनेछ।’’ उहाँले यसै कार्यक्रममा उपस्थित सबैजनालाई रास्वपाको ब्याज लगाइदिएर सम्मान पनि गर्नुभयो।

समापनपछि भएको अन्तरक्रिया कार्यक्रममा उहाँले सर्वसाधारणको समस्यालाई गहिरोसँग बुझ्ने अवसर प्राप्त गर्नुभयो र ती समस्याहरूको समाधान सदनबाट गर्ने प्रतिबद्धता जनाउनुभयो| यसै कार्यक्रममा अहिलेको पुस्ता (जेन–जी) को पार्टीमा प्रवेश देखेर खुशी हुँदै रास्वपा र जेन–जी दुवै परिवर्तनका स्वरूप हुन् भनी पार्टी प्रवेशमा शुभकामना पनि व्यक्त गर्नुभयो।

 

#Balen#Election 2082#Falgun 21#Rabi#Raswapa#RSP
Share this article

Stay Updated

Follow Bina Gurung on social media for the latest news and updates.

Candidate
🔔