Loading...
bina gurung
Bina Gurung in PoliticsPolitics

रास्वपा उम्मेदवार बिना गुरुङ चुनावी अभियानमा, महिला सशक्तिकरणसहित जनतासँग प्रत्यक्ष अन्तरक्रिया

Jan 31, 2026
Media Team
2 min read
Back to News

रास्वपा उम्मेदवार बिना गुरुङ चुनावी अभियानमा, महिला सशक्तिकरणसहित जनतासँग प्रत्यक्ष अन्तरक्रिया

“परिवर्तन भाषणले होइन, जनतासँगै हिँड्दा सुरु हुन्छ, त्यसैले बिना गुरुङका लागि होइन, आफ्नै भविष्यका लागि मतदान गर्नुहोस्।”

कास्की – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की क्षेत्र नं ३ की प्रतिनिधिसभा सदस्य उम्मेदवार बिना गुरुङले आफ्नो चुनावी अभियानलाई सशक्त बनाउँदै जनतासँगको प्रत्यक्ष भेटघाटलाई प्राथमिकता दिएकी छन्। पछिल्लो समय उनले ग्रामीण तथा शहरी क्षेत्रका वडागत तहमा पुगेर महिला सशक्तिकरण र सामाजिक परिवर्तनका विषयमा अर्थपूर्ण संवाद गरेकी हुन्।

माघ १३ गते गुरुङले पोखरा महानगरपालिका अन्तर्गत कास्की क्षेत्र नं. ३ को वडा नं. २२ का विभिन्न स्थानहरूको अवलोकन गर्दै स्थानीय आमा–बुबा, दाजुभाइ तथा दिदी–बहिनीहरूसँग अन्तरक्रिया गरिन्। यस क्रममा उनले परिवर्तनलाई भाषणमा मात्र सीमित नराखी जनतासँगै हिँड्दै कार्यान्वयन गर्नुपर्नेमा जोड दिएकी थिइन्।

गुरुङको चुनावी अभियानमा उनको स्पष्ट र फरक शैलीको प्रस्तुतिले मतदाताको ध्यान खिचेको देखिन्छ। उनले व्यक्तिगत लाभका लागि नभई देश र नागरिकको भविष्य सुनिश्चित गर्न राजनीतिमा होमिएको बताउँदै आएकी छन्।

उनले सामाजिक सञ्जालमार्फत आफ्ना अपिलहरूलाई जोड दिँदै ‘मत नबदल्नुहोस्, हामी देश बदल्छौँ’ भन्ने रास्वपाको नारालाई सशक्त ढंगले उठान गरेकी छन्। युवा, परिवर्तन र सुशासनको नारा बोकेकी गुरुङले सबै मतदातालाई आफ्नो उज्ज्वल भविष्यको लागि घण्टीमा मतदान गर्न आग्रह गरेकी छन्। उनले ‘नेपालीको शान, घण्टीमा मतदान’ भन्दै स्थानीय स्तरमा चुनावी माहोललाई थप घनिभूत बनाएकी छन्।

रास्वपाकी उम्मेदवार गुरुङको सक्रियताले कास्की-३ मा राष्ट्रिय राजनीतिक दलहरूलाई कडा चुनौती दिने संकेत देखिएको छ।

तस्बिर
तस्बिर
तस्बिर
तस्बिर

 

#binagurung#Kaski3#politicsinnepal
Share this article

Stay Updated

Follow Bina Gurung on social media for the latest news and updates.

Candidate
🔔